अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडाैं | फागुन ९, २०८०

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौं:     अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो ।


नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।


सन् १९५२ मा बङ्लादेशमा मातृभाषा ९बङ्गाली भाषा० बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ । त्यसबेला बङ्लादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बङ्लादेशमा अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।


दिवसको सन्दर्भमा आदिवासी जनजाति साहित्यकाररलेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा उत्सव–२०२४’ आयोजना भएको छ । यही १९ तारिखदेखि शुरु भएको उत्सव २५ तारिख अर्थात् १३ गते आइतवारसम्म चल्नेछ । यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।


मातृभाषाको माध्यमबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्याएको योगदानको कदर गर्दै जनकवि श्रेष्ठलाई  एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानकी अनुसन्धान अधिकृत सरिना गुरुङले जानकारी दिनुभयो ।


नेवारी भाषामा धेरै साहित्य सृजना गर्नुभएका गीतकार श्रेष्ठले लेख्नुभएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गित लोकप्रिय छ । यसैबीच, भाषा आयोगको प्रतिवेदन २०७६र७७ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १ सय ३१ पुगेको छ । यस्तै, विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको अवस्था छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिइएको छ। 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्